सकियो भीम रावल र माधव नेपालको वार्ता


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलको भेटघाट सकिएको छ । रावल निवकास टोखा पुगेर नेता नेपाल केही बेरअघि मात्रै फर्किएका हुन् ।

केहीदिनअघि शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन् ।

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सवा २ बजेबाट सुरु भएको हो । स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले पार्टीका तर्फबाट पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्