२२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण– अपराधपूर्ण कार्य किन गर्नुभएको ?


काठमाडौं । नेकपा एमालेले पार्टीको निर्देशनविपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरीत विभिन्न गतिविधि गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

Duber nepal
Global bank
Agani Group
“विपक्षसँग साँठगाँठ गरे गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको गराइरहेको र पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लंघन गरे गराएको समेत प्रष्ट देखिएकोले र सो कार्य पार्टी विधानको धारा ४९ क), (१), (२), (३), (४), ५), (६), (७) र ४९(च) विपरीत हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यता, लगायत पार्टीको जिम्मेवारीवाट किन निष्कासन नगर्ने ? निष्कासन गर्नु नपर्ने कुनै कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला । जवाफ चित्त बुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईंलाईं उपरोक्त बमोजीम कारबाही हुने व्यहोरा सूचीत गरिन्छ,” ओलीले पठाएकाे पत्रमा भनिएकाे छ ।

स्पष्टीकरणका लागि ओलीले पठाएकाे पत्र :

प्रतिक्रिया दिनुहोस्