भीम रावल फकाउन माधव नेपाल टोखामा


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।

ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन : नेपाल पक्ष

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताएको छ। बुधबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकबारे जानकारी दिँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताए।

उनका अनुसार बैठकले नेता नेपालिवरुद्ध नाराबाजी बन्द गर्न प्रस्ताव समेत पारित गरेको छ।

‘एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’, नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्