एमालेका सांसद किसानले किन गरे यस्तो दावि, पुष्टि भए के हुन्छ ?


एमालेका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफुले प्रधानमन्त्री शेर बहादुर देउवाको घरसम्म नदेखेको बताएका छन् । मंगलबार राती एक कार्यक्रममा बोल्दै सांसद समेत रहेका एमालेका नेता श्रेष्ठले आफु देउवाको घरमा गएको कुरा पुष्टि भयो भने झुण्डिन तयार रहेको समेत बताएका छन् ।

उनले भने,‘म शेरबहादुर देउवाको घरमा गएको कुरा पुष्टि भयो भने तपाईँको अगाडि झुण्डिन तयार छु । मैले केपी ओलीलाई धोका दिएको पनि छैन् । पैसा खाएको पनि छैन् । याद रहोस, प्रेम आलेले मलाई लाने होईन, हो उहाँ केन्द्रीय सदस्य हो, म भन्दा सिनियर नेता हो ।’

उनलेकेपी ओलीलाई धोका नदिएको स्पष्ट पारेका हुन् । ओलीलाई सम्मान गर्ने समेत बताएका हुन् । आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको घरसम्म नदेखेकोले गएको भन्ने कुरा सरासर झुठो भएको दाबी समेत गरेका छन् ।

उनले थप्दै ‘शेरबहादुर देउवाको घर देखेको छैन मैले । कम्पाउण्डभित्र छिरेको छैन् । अहिलेसम्म शेरबहादुर देउवाको घरमा गएको छैन् । कसैले शेरबहादुर देउवाको घरमा गएको पुष्टि गर्यो भने म तपाईको अगाडि झुण्डिन तयार छु ।’ भनेका छन् ।

उनले आफूले देउवालाई विश्वासको मत दिनुको कारण तनहुँका जनताको सम्मान गर्नु भएको सुनाए । उनले भने,‘अहिले पनि म केपी ओलीको सम्मान गर्छु, म नेकपा एमालेको सांसद हुँ । उहाँ एमालेको अध्यक्ष हो ।’ पार्टीको अध्यक्ष भएकोले ओलीलाई सम्मान गरेको जिकिर गरे । उनले भने,‘म नेकपा एमाले हुँ, आज हुँ, भोलि हुँ, र पर्सी पनि हुँ ।’

प्रतिक्रिया दिनुहोस्