बाँकेबाट ब्राउन सुगरसहित दुई पक्राउ


बाँकेबाट दुई ग्राम एक सय मिलीग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का ६१ वर्षीय गुन्नु कबडिया र १८ बर्षीय राहुल कबडिया मंगलबार बेलुका सवा ४ बजेतिर पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार उनीहरुलाई नेपालगञ्ज ११ स्थित ठटेरियन टोलबाट पक्राउ गरिएको हो।

लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको साथबाट नगद पाँच लाख, १५ हजार पाँँच सय नगद पनि बरामद भएको डिएसपी न्यौपानेले बताए।
पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकेबाट ब्राउन सुगरसहित दुई पक्राउ । बाँकेबाट ब्राउन सुगरसहित दुई पक्राउ बाँकेबाट ब्राउन सुगरसहित दुई पक्राउ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्