यूट्युबद्वारा भारतीय व्यापार स्टार्टअप कम्पनी सिमसिमको स्वामित्व ग्रहण


यूट्युबद्वारा भारतीय व्यापार स्टार्टअप कम्पनी सिमसिमको स्वामित्व ग्रहण
यूट्युबले भारतीय सामाजिक व्यापार स्टार्टअप सिमसिको स्वामित्व किनेको मंगलबार जानकारी दिएको छ।

यीमध्ये दुवै कम्पनीले कति रकममा किनेको भन्ने नखुलाए पनि सिमसिससँग नजिकका व्यक्तिहरुमार्फत् पाएको जानकारी अनुसार यूट्युबले ७ करोड डलर खर्च गरेको समाचार माध्यम टेकक्रन्चले जनाएको छ।

दुई वर्षअघि स्थापना भएको सिमसिमले यो सम्झोताअघि १ करोड ७० लाख डलर उठाएको तथा सन् २०२० को सिरिज बी वित्तीय राउन्डमा ५ करोड डलरको मूल्यांकन पाएको थियो।

भारतको गुडगाउँमा मुख्यालय रहेको यो स्टार्टअपले भिडियो तथा सर्जकहरुको माध्यमबाट भारतका साना व्यापारलाई ई-कमर्समा आबद्ध हुन सहयोग गर्दै आएको छ।

यसको एपले स्थानीय व्यापार, प्रोत्साहनकर्ता तथा उपभोक्तालाई जोड्न एउटा साझा प्लेटफर्म उपलब्ध गराउँछ।

यो कम्पनीका पहिलेका प्रवर्द्धक तथा गुड क्यापिटलका रोहन मल्होत्राका अनुसार सूक्ष्म प्रोत्साहनकर्ताहरु लक्षित समूह निर्माण, रमाइला अनुभव सिर्जना गर्न, विश्वास खडा गर्न तथा सन्देशहरु व्यक्तिअनुसार ढाल्नका लागि बढी प्रभावकारी हुने हुन्छन्।

फेसबुक यूट्युब इन्स्टाग्रामजस्ता उपभोक्तामुखी सामाजिक प्लेटफर्मले भारतमा विज्ञापनबाट चल्ने मोडलमार्फत् पैसा कमाउन सक्दैनन्। भारतका नयाँ इन्टरनेट प्रयोगकर्तालाई यो बजारमा चलनमा रहेको अफलाइन ई-कमर्स अनुभवका लागि बिक्रेताको नेतृत्वमा रहेको अन्तरक्रियात्मक अनुभव आवश्यक पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्