ट्रक र मोटरसाईकल जुध्दा मोटरसाईकल चालकको मृत्यु


धादिङमा ट्रक र मोटरसाईकल जुध्दा मोटर साईकल चालकको मृत्यू भएको छ। गजुरी गाउँपालिका बन्छेटारस्थित सडकमा बा ५ ख ३०४८ नम्बरको ट्रक र बा प्र ०२ ०२३ प ०२५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ खन्याबास गाउँपालिका दार्खा बस्ने ३२ वर्षीय तारा बहादुर गुरुङको मृत्यु भएको हो प्रहरीले जनाएको छ। । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार २१ वर्षीया अन्जु गुरुङलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरी हुँदै थप उपचारको लागि ट्रमासेन्टर काठमाडौंतर्फ ल्याईएको छ ।ट्रक चालक फरार रहेकाले् खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ। ट्रक चालक फरार रहेकाले् खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ।

ट्रक चालक फरार रहेकाले् खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्