आर्थिक वर्षको तीन दिनमै ४४ ऋणी कालोसूचीमा


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन दिनमा ४४ ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले ऋण लिई भाका नाघेको कारण ऋण नतिर्दा ४४ ऋणीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेहरुमा १२ वटा फर्म रहेका छन् भने ३२ जना ऋणी रहेका छन् । कर्जा सूचना केन्द्रका अनुसार नयाँ आर्थिक वर्षको शुरुमै कालोसूचीमा पर्नेहरुमा डाँफे सोलुसन, मयंगधि सुप्रिम गोल्ड सप, शुशिला फेन्सि, न्यु लुम्बिनी फुड प्रोडक्ट, प्राथना ह्याचरी प्रा.लि, सिद्धि–साई–प्रकाश कन्र्सट्रेसन प्रा.लि, भरतपूर तरकारी तथा फलफुल प्रा.ली, सिद्धि–साई–प्रकाश कन्ट्रेसन प्रा.ली, जानकी टायर सेन्टर, लामा सप्लायर्स, बागमती कनक्रिट इन्डस्ट्रिज लगायत ४४ जना रहेका छन् ।

त्यस्तै गत बर्ष सोही अवधिमा बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर नतिर्ने १६ जना ऋणी कालो सुचिमा परेका थिए । गत आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७७० जना कालो सूचिमा परेको कर्जा सुचना केन्द्रको तथ्याकंले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्