बालुवाटारलाई पार्टी कार्यालय बनाउने गल्ती नगर


काठमाडौं । राजनीतिमा कहिलेकाहीँ केही घटनाहरू सामान्य र सानातिना लाग्न सक्छन् । अझ हाम्रोतिर ठूला-ठूला कुरा गर्ने तर साना-साना काममा ध्यान नदिने अभ्यास संस्कृति नै बनिसकेको छ । यस्तो परिवेशमा प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बोलाउने कुरा खासै चर्चा गर्न लायक विषय नै होइन भन्ने लाग्न सक्छ ।

तर, हामीलाई सानो लाग्ने यस्ता विषयका अन्तर्य गम्भीर हुनसक्छन् । नेपालमा सामान्यतः पार्टी प्रमुख सरकार प्रमुख बन्दा पार्टीको जिम्मेवारी कसैलाई हस्तान्तरण गर्ने अभ्यास छैन । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति पनि हुन् । देउवाले प्रधानमन्त्री हुनासाथ विश्वासको मत नलिँदै पार्टी पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाए ।

पार्टीका सबै गतिविधि बालुवाटारमै गर्ने निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध यसअघि चर्को विरोध हुने गरेको थियो । तर, ओलीले सुनेको नसुन्यै गरे ।

तत्कालीन नेकपामा पार्टी चलाउने कार्यकारी अधिकार पाएपछि प्रचण्डले पार्टी गतिविधिलाई बालुवाटारबाट पार्टी कार्यालय सार्ने प्रतिवद्धता जनाएका थिए । तर, ओलीको अरुचिका कारण उनको प्रतिवद्धताले खासै कार्यरुप पाएन ।

प्रतिक्रिया दिनुहोस्