६ जना मानिस मृत अवस्थामा फेला


बाँकेको कोहलपुर नगरपालिकामा एकजना बृध्दा आफ्नै घरमा मृत अवस्थामा फेला परेकि छिन। स्थानीय एकतानगर बस्ने ८२ वर्षीया काउली कार्की आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिईन। मृतकको टाउकोमा गहिरो चोट देखिएकोले प्रहरी टोलीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको छ ।

नुवाकोटमा एकजना युवती सुतिरहेको अवस्थामा मृत भेटिएकि छिन। किस्पाङ गाउँपालिका माने गाउँ घर भई हाल बिदुर नगरपालिका

बाघटार डेरा गरी बस्ने २८ वर्षीया अम्बिका तामाङ सुतिरहेको अवस्थामा मृत फेला

परेकी हुन ।

यस्तै झापाको दमक नगरपालिका स्थित भुटानी शरणार्थी शिविरमा ३६ वर्षीय सनमान तामाङ मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका करुगा बस्ने ४७ वर्षीय पृथ्बी बहादुर बस्नेत मृत अवस्थामा फेला परेका छन।

बारेकोट गाउँपालिका स्थित तिमिल डाँडा भीरबाट करिब ५० मिटर तल उनि मृत

अवस्थामा फेला परेका थिए । सोही ठाउँस्थित काउले बजारबाट घरतर्फ हिँडेकोमा घर नआएपश्चात खोजी गर्नेक्रममा उनको शव फेला परेको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका मोतिपुर बस्ने ७० वर्षीय गोरे थापा सोही ठाउँस्थित ओरही पुलबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित शिवपुरफाँट सामुदायिक वनमा गोठालो गएकोमा घर फिर्ता नआएको र

आफन्तहरूले खोजी गर्दा समेत फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बकुवाबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा शरीरको भाग जंगली जनावरले खाएको जस्तो अवस्थामा उनको शव फेला परेको हो ।

संखुवासभाको चैनपुर नगरपालिका खार्तामी गैरीस्थित हेवा खोलाको दहमा परिचय नखुलेका करिब ३५ वर्षीय पुरुष सडिगलेको अवस्थामा शनिबार अवस्थामा फेला परेका छन् ।

घटनास्थल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्