माधव नेपाल सहितका नेताहरुलाई कस्तो कारबाही गर्लान ओलीले


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुलाई कारबाही गर्ने तयारी गरेको छ। सोमबार ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने केन्द्रीय समिति बैठकबाट नेपाल सहितका नेताहरुलाई कारबाही गर्ने तयारी गरिएको हो।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीको ह्विप उल्लंघन गरेकाले ती नेताहरुलाई कारबाही गर्न लागिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

देउवाले विश्वासको मत लिँदा एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरुलाई पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्ने तामाङको भनाइ छ।
विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्