विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
विश्वासको मत दिएकामा प्रधानमन्त्री देउवाले दिए सबै सांसदलाई धन्यवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएकामा सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।
यसअघि, आइतबार अबेर राती सम्पन्न विश्वासको मतसम्बन्धि मतदानमा प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभाका १६५ सांसदले मत दिएका थिए ।
२४९ सांसद उपस्थित भएको संसद बैठकमा ८३ जनाले भने विपक्ष तथा एक जनाले दिन्न भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो ।
संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन प्रस्ताव राख्नुभएको थियो ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षकै केही सांसद, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिएका हुन् ।