ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्ने काम नगर्नुस्


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् ।

केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

प्रधानमन्त्री त परमादेशले बनेको हो तर मत दिन्छौँ: महन्थ ठाकुर

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउँदै देउवा परमादेशकै प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

केपी शर्मा ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले आज निशर्त देउवालाई विश्वासको मत दिन लागेको हो ।

“हामी देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेका छौँ,” उनले भने, “तर, उहाँ जनमतले होइन, परमादेशले नै प्रधानमन्त्री बन्नुभएको हो । तर, उहाँले निसंकोच पत्र पठाउनुभएको छ, हामीले समर्थन दिने निर्णय गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्