झलनाथ खनालको आग्रह– अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस्


नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्।

उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्। देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। आज बजे संसद् बैकठ बस्दै छ।

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक दलको सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्न लागेको पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लागेपछि माओवादीको संसदीय दलको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे छलफल हुनेछ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका देउवा सरकारमा माओवादी केन्द्र पनि सहभागी छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ४८ सांसदले मत दिनेछन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल ४ जना पदमुक्त भएका छन् । थप चार जना निलम्बित छन् । उनीहरुले मत दिन पाउनेछैनन । त्यसैले देउवालाई कम्तीमा १३६ जना सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्