एमाले-जसपा साथसाथ, बालकोटमा बन्यो कम्फर्टेवल सरकारको योजना तुहाउने रणनीति


नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको जसपाबीचको सहकार्य जारी रहने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट आउनु भएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले यस्तो जानकारी दिनुभएको हो ।

जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट आउनु भएको हो । अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गर्नुभएको छ । सर्वाेच्च अदालतले अप्रत्यक्ष रुपमा संबिधान संशोधन गरी परमादेश धाराअनुसार नयाँ सरकार गठन भएपछि अध्यक्ष ओली र जसपाबीच आज पहिलो पटक छलफल भएको हो ।

सो क्रममा नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल भएको छ । दुवै दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत नदिने निर्णय लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्