ओली सत्ताच्युत भएलगत्तै चिनियाँ राजदूत यान्छीको अर्थपूर्ण सक्रियता


काठमाडौं – नेपालका लागि चिनियां राजदूतले होउ यान्छी फेरी सक्रिय भएकी छन् । उनले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी थिईन । यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा थप १६ लाख डोज कोरोनाको खोप दिने दिने घोषणा गर्दै शुभकामना दिएर फर्केकी थिईन ।

उनले देउवापछि एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिईन । नेता नेपालसंग उनले केहीबेर भेटवार्ता गरी फर्किएकी थिइन् । भेटमा नेता नपालसंग उनले पार्टीको अवस्था र सरकारबारे जिज्ञासा राखेको बताइएको छ ।

नेकपा खारेज गरेपछि लामो समयदेखि सक्रिय नदेखिएकी राजदूत यान्छी फेरी सक्रिय बनेकी छन् । लामो समयपछि नयन सरकार गठन भएलगत्तै शुक्रवार प्रमुख पार्टीका तीन ठुला नेताहरुसंग भेटघाट गर्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ ।

नेकपामा समस्या आउँदा सक्रिय बनेकी यान्छी तत्कालिन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाटका लागी लगातार प्रयास गरेपनि ओलीले उनलाई सयम नदिएपछि दोस्रो तअहका नेताहरूले भेटेका थिए । ओली नेतृत्वको सरकार ढलेसंगै उनको सक्रियता बढेको छ ।

यान्छीले ओलीसंग नभेटेपनि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भने नियमित संवादमा रहेको स्रोतको दावी छ । उनले केही दिनमा नै ओलीसंग भेटघाटको लागी समय मागिसकेको बताइएको छ ।

नेकपा विभाजनपछि चिनियां राजदूतले एकैदिन नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेकी हुन । दाहाललाई भेट्न उनि विहान १० बजे खुमलटार पुगेकी थिईन । त्यहां उनले एक घण्टा छलफल गरेकी थिईन ।

नेपालसंग उनले एमालेभित्रको विवाद र विवाद समाधानका लागी भइरहेको प्रयासका बारेमा चांसो राखेको स्रोतको दावी छ । त्यसैगरी दाहालसंग नयां सरकार गठन,विश्वासको मत र आउंदो चुनावमा कम्युनिष्ट पार्टीहरुबीच हुन सक्ने सहकार्यलगायतका विषयमा जिज्ञासा राखेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्