महान्यायाधिवक्ताको शपथबारे आएको समाचारप्रति शितलनिवासको यस्तो स्पष्टीकरण


काठमाडौं । राष्ट्रपति कार्यालय शितलनिवासले नवनियुक्त महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपति कार्यालयमा नभएको भनी विभिन्न सञ्चारमाध्यम प्रकाशित/प्रशारित समाचारप्रति स्पष्टीकरण दिएको छ ।

कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेको बताएको हो ।

विज्ञप्तीमा भनिएको छ, “कार्यालयले विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण राष्ट्रपतिको समुपस्थितिमा हुँदै आएकोमा कोभिड १९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट राष्ट्रपतिको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक प्रधान न्यायाधीशबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै आयोजना व्यवस्थाको लागि मिति २०७८/१/५ मा पत्राचार गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्