जनकपुरः ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि किशोरी बेहोस !


जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ ।

जनकपुरकै कलबार कुट्टिमा किशोरीसँग गँगा प्रसादलाई फलदान गरिएको बताइएको छ । फलदानको बेला पनि किशोरीले उनीसँग बिहे नगर्ने अडानमा रहँदै आएको भएपनि परिवारजनले धामधम्की दिएर विहे गर्न बाध्य पारेको बताइएको छ ।

जानकारी अनुसार, यसअघि गँगा प्रसादले आफू अविवाहित नै रहेको र जनकपुरको पुलचोकमा आफ्नो घर रहेको भनेर बताएका थिए । किशोरी बेहोस भएपछि खोजबिन हुँदै जाँदा उनको घर पनि जनकपुरमा नरहेको र उनको दुईबट बच्चा समेत रहेको किशोरीकै सानीआमा (मौसी) को छोराले बताए ।

यसका साथै, किशोरीको दाई लाग्ने उनको सानीआमाको छोराले बालविवाह हुन लागेको भन्दै उनी पनि रोक्ने प्रयास गरेका थिए । उनले कानुनको कुरा गरेपछि त्यहाँबाट बेहुली पक्ष र बेहुला पक्षको भागमभाग भएको थियो ।

भागमभाग भएपछि पुनः किशोरीकी मामाले उनलाई जनकपुर ल्याएर विवाहको कुरा चलाएको थियो तर गँगा प्रसादले झुठो बोलेर विवाह गर्न लागेको भन्दै विवाद भएपछि बेहुली पक्षले प्रहरीलाई खवर गरेको थियो ।

किशोरीलाई जबरदस्ती विवाह गराउनको लागि आर्थिक प्रलोभनमा परी धनौजी गाउँपालिका वडा नं. ४ भडरियाका आफूलाई अगुवा भन्ने विमल मण्डल र अध्यक्षका प्रत्यासी उम्मेदवार राजकुमार यादवले दबाब दिएको बताइएको छ ।

जानकारी अनुसार, किशोरीले विवाह गर्नबाट इन्कार गरेपछि बेहुला पक्षका आफन्तजनहरुले बेहुली सहित उनको बुवा, दाईलाई समेत कुटपिट गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो विवाह रोकिएको हो । -न्यूज ब्यूरो

प्रतिक्रिया दिनुहोस्