एमाले एकताका लागि गठित कार्यदल भङ्ग


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि गठित कार्यदल खारेज गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले १० सदस्यीय कार्यदल खारेज गरेको हो ।

बैठकपछि पत्रकारहरुलाई जानकारी दिदै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको बताउनु भयो ।

त्यस्तैगरी बैठकले ओली नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको थियो । साथै बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमाले निर्णय

नेकपा एमालेले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। एमालेको आज बसेको स्थायी कमिटिको बैठकले सो निर्णय गरेको हो ।

एमालेले देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

कसैलाई विश्वासको मत दिन मन लागेमा सर्वोच्च अदालतले बाटो खोलिदिएको छ, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई इंगित गर्दै ज्ञवालली भन्नुभयाे, हामी तर प्रतिपक्षीय भूमिका निर्वाह गर्छौं ।

प्रतिक्रिया दिनुहोस्