बाबुराम भट्टराईको नजरमा ओली समूह टाउको काटेको खसीको पुच्छर जस्तै
साउन १, काठमाडौं – जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन्।
ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका थिए ।
ओलीका समर्थकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका थिए।
ओलीका समर्थकहरुको प्रदर्शनलाई भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ। ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ।’
कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद-फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गरेका छन्।