ओली सरकारले गरेको एआईजीको सरुवा कार्यान्वयन नगर्न गृह मन्त्रालयको निर्देशन


काठमाडौं- केपी ओली सरकारले गरेको अतिरिक्त महानिरीक्षक-एआईजीको सरुवा कार्यान्वयन नगर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले सबै एआईजीहरुलाई तत्काल रमाना नलिन मौखिक निर्देशन दिएको छ। बालकृष्ण खाँण गृहमन्त्री बनेको भोलिपल्ट प्रहरी महानिरिक्षक शैलेश थापाले सबै एआईजीलाई फोन गरी रमाना नलिई यथास्थानमा काम गर्न निर्देशन दिएको बुझिएको छ।

समय अवधि पुरा नभई एआईजीहरुको सरुवा भएको भन्दै असन्तुष्टि देखिएको थियो। गत साता केपी ओली सरकारले उक्त सरुवा गरेको हो। नेपाल प्रहरीमा अहिले प्राविधिकसहित ६ जना एआईजी छन्। एआईजीको एउटा दरबन्दी भने दुई साता अघि मात्र थपिएको हो।

उक्त दरबन्दीमा सहकुल थापालाई बढुवा गरिएको थियो।

यो पनि

चुनावका सबै कार्यक्रम रद्द

निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो।

केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

मंगलबार संवैधानिक इजलासले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्