एमाले सांसदले टेबल फाले, संसद् बैठक बहिस्कार गरे


पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुले प्रदेश सभा बैठकमा रहेको टेबल फाल्दै बैठक नै बहिस्कार गरेका छन् ।

उनले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।
आजैमात्र चारपटक संसद् बैठक अवरुद्ध गरेका थिए ।

यो पनी

केपी ओलीलाई समर्थन गर्नु गलत थियो : भारतीय मिडिया

नेपालमा भएको सत्ता परिवर्तनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चासो व्यक्त गरेका छन्। विशेष गरी भारतीय सञ्चारमाध्यमले लामो रस्साकस्सी, आरोप प्रत्यारोप र झैंझगडाबीच नेपालमा भएको सत्ता परिवर्तनको विषय प्राथमिकताका साथ उठाएका छन्। दोस्रो पटक केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपालमा सत्ता परिवर्तन भएको छ।

भारतको लोकप्रिय पत्रिका द हिन्दुस्तान टाइम्सले ओलीको अलोकतान्त्रिक गतिविधिको समर्थन गरेर भारतले गल्ती गरेको बताएको छ। ‘न्यायालयले जोगायो नेपालको लोकतन्त्र’ शीर्षकमा सम्पादकीय लेख्दै भारतको हिन्दुस्तान टाइम्सले भनेको छ,‘केपी ओलीको अलोकतान्त्रिक र अराजनीतिक रणनीतिलाई समर्थन गरेर भारतले आफ्नो लोकतान्त्रिक मूल्यको विपक्षमा उभिएर गल्ती गर्‍यो। अब भारतले कोर्स परिवर्तन गर्नुपर्छ।’

सम्पादकीयमा भनिएको छ- ‘नेपालको सर्वोच्च अदालतले संविधानवादको समर्थन गरेको छ र भारतले अब कोर्स परिवर्तन गर्नुपर्छ’

‘पछिल्लो तीन वर्षमा ओलीले शक्तिलाई केन्द्रीकृत गरे, संस्थाहरूलाई विकृत पारे र सत्ता गुम्ने आशंकामा प्रतिनिधिसभा भंग गरे जुन संविधानको विपरीत थियो,’ हिन्दुस्तान टाइम्सले भनेको छ, ‘नेपालको पछिल्लो राजनीतिक उथल-पुथलको घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहयोग रह्यो।’ तर, सर्वोच्च अदालतले निर्णय उल्टाएर प्रतिनिधिसभालाई पुनः स्थापित गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्