अर्थमन्त्रीमा जनार्दन शर्मा, उर्जामा पम्फा भुसाल


काठमाडौँ। शेर बहादुर देउवाको नेतृत्वमा गठन हुने नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी गरेको छ।

आज (मंगलबार) साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपती कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम छ। सो लगत्तै आजै घोषणा हुने सानो आकारको मन्त्रिमण्डलमा शर्माले अर्थमन्त्री र भुसालले उर्जा मन्त्रीको रुपमा सपथ गर्ने भएका छन् । उनीहरूले देउवासँग मन्त्रीको सपथ लिने तयारी भइरहेको माओबादी सम्बद्ध स्रोतको दाबी छ।

उता ओलीको बिपक्षमा गठबन्धन बनाएको जनता समाजवादी पार्टीले भने आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।

मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने जसपाको निर्णय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा जनता समाजवादी पार्टीले मन्त्रीको नाम आज नपठाउने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गरेर पठाउने निर्णय गरेको छ ।

देउवाको नेतृत्वमा बन्न लागेको सरकारलाई जसपाले पनि समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यस्तै पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म अधिकमतम् भूमिका खेल्ने बैठकले निर्णयउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्