देउवा प्रधानमन्त्री हुनेभएसँगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा


महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा दिएका हुन्।

उनलाई मंगलबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयले बिदाइ गर्दैछ। उनी गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो।

प्रतिनिधिसभा विघटन भएपछि सरकारको तर्फबाट पहिले खरेलले र अहिले बडालले सरकारको रक्षामा बहस गरेका हुन्। तर सर्वोच्च अदालतले दुवै पटक प्रतिनिधि सभा पुन:स्थापना गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्