महेश बस्नेतको आक्रोश– न्यायाधीश प्रधानमन्त्री बन्न खोजेको हो ?


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले राणाको नाम लिँदै प्रधानमन्त्री बन्न खोजेको हो ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।

“अदालतलाई घाँस खुवाएर फैसला आयो,” उनले भने, “देउवालाई प्रधानमन्त्री बनाएपछि सदनमा परीक्षण गर्नुपर्छ । माओवादीलाई चुनावपछि कहाँ खोज्ने हो ? अदालतले राजनीति गर्न खोजेको हो ? तपाईं प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला आएको हो ? कुनै मानेमा स्वीकार गर्दैनौँ ।

प्रतिक्रिया दिनुहोस्