संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दुरदर्शी फैसलाः विमलेन्द्र निधि


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको परमादेश र प्रतिनिधिसभाको पुनस्थापना सम्बन्धि आदेशको स्वागत गरेको बताएका छन् ।

प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेको छ ।

उनले सामाजिक सञ्जाल द्वीटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतले संविधान र संसदीय लोकतंत्रको पक्षमा ऐतिहासिक एवं दुरदर्शी फैसला दिएको छ। यस फैसलाबाट जनतामा सर्वोच्च अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको छ।’

संसदीय व्यवस्थामाथि गम्भीर आघात : शंकर पोखरेल

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि संसदीय व्यवस्थामा गम्भीर आघात भएको प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै सर्वोच्चको फैसलाप्रति प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको संवैधनिक इजलासले सोमबार यस्तो फैसला गरेको हो।

पोखरेलले लेखेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’

प्रतिक्रिया दिनुहोस्