सार्वजनिक यातायात सञ्चालनमा आएसँगै बढ्यो चहलपहल


सार्वजनिक यातायात सञ्चालनमा आएसँगै झापाको सडकमा चहलपहल बढेको छ । सोमबार झापा, इलाम, मोरङ र सुनसरीमा जोर–बिजोर प्रणालीबाट सार्वजनिनक यातायात सञ्चालनको अनुमति दिएसँगै सडकमा चहलपहल बढेको हो । निषेधाज्ञा कायमै रहे पनि जोर बिजोर प्रणालीबाट सवारी साधनहरु चल्न थालेका छन् ।

चार जिल्लामा चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने, चालक तथा सहचालकले भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने, सवारी साधन अनिवार्य रुपमा दैनिक निसंक्रमण गर्नु पर्ने प्रशासनको आग्रह छ । यस्तै मास्क नलगाएका यात्रुलाई चढाउन नपाइने नियम पनि छ ।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधनसमेत सञ्चालन गर्न पाइने छ । प्रशासनले भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ५ बजेसम्मका लागि खुला गरिएको छ ।

सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्