साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय


काठमाडौँ, १९ असार । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ ।

आज बसेको केन्द्रीय एमाले कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्