प्रतिनिधि सभा सदस्य चुनावका लागि सात अर्ब ७२ करोडको खर्च सहमति


काठमाण्डाै – सरकारले प्रतिनिधि सभा चुनावका लागि सात अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगलाई याे बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि याे रकम चुनाव सामग्रीलगायत अन्य सामग्री खरिद तथा चुनाव व्यवस्थापनमा खर्च हुनेछ ।

आउँदाे कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा चुनावकाे घोषणा भएकाे छ । चुनावका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले याे सहमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्