कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज २४ गते बेइजिङ जाँदै


कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ । सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगमले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको जनाएको छ ।

 

यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै खोप ल्याउने भन्ने तयारी पनि गरेको छ । यसो भएमा थप दुईचार लाख डोज बढी ल्याउन सकिनेछ । खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किनेछ । चीनबाट ल्याउन लागिएको उक्त खोप नन डिस्क्लोजर एग्रिमेन्ट अन्तर्गत ल्याउन लागिएको हो । जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन । यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ । जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ । उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्