ओली पक्षले खनाल–नेपालसहितका नेतालाई बैठकका लागि निम्तो पठायो


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरूलाई महाधिवेशन आयोजक कमिटी बैठकका लागि निम्तो पठाएको छ ।

महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्दैछ । बैठकमा कारबाहीमा परेका नेताबाहेकका केन्द्रीय कमिटीमा रहेका सदस्यहरूलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अन्य नेताहरूको बारेमा भने भोलिको बैठकले निर्णय लिनेछ ।

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका ११ नेताहरूलाई एमालेले पार्टीबाट निष्कासन गरेको थियो ।

आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्