प्रधानसेनापति थापा र राष्ट्रपतिबीच फेरी एक घण्टा शितलनिवासमा छलफल


नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा बुधवार बिहान प्रधानसेनापति थापाले एक घण्टा लामो छलफल गरेका हुन ।

थापा ११ : ३० मा राष्ट्रपति भवनबाट बाहिरिएका थिए । भेटघाटको कारण भने खुल्न सकेको छैन । तर, प्रधानसेनापति थापा पांच तारे जर्नेल बन्ने लविङमा लागेको सैनिक स्रोत बताउंछ । उनले आफुले सेनाको नेतृत्व भने समयमै हस्तान्तरण गर्ने सन्देश दिइसकेका छन् ।

थापाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागलाई हेर्ने गरी जोइन्ट कमाण्डको नेतृत्व गर्ने चाहना व्यक्त गरिएको बताइन्छ । त्यसका लागी उनि छलफलमा रहेको स्रोतको दावी छ । यसबारेमा सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ ढकालसंग कुरा गर्न खोग्दा उनिसंग सम्पर्क हुन सकेन ।

भारतमा पनि तत्कालिन सेना प्रमुख जनरल विपिन रावतलाई चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । थापा पनि चार वटै सुरक्षा निकायको नेतृत्व गर्न इच्छुक देखिएको बताइन्छ ।

उनले यसअघि गत असाढ ९ मा पनि राष्ट्रपति भण्डारीसंग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति समेत हुन । थापाले मंगलवार मात्र प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटनबारे फैसला गर्ने दिन नजिक आउंदै गर्दा प्रधानसेनापति थापाले भेटघाटलाई तिव्र वनाएका छन् । कतिपयले अदालतले परमादेश जारी गरे राष्ट्रपति संकटकाल लागु गर्न सक्ने आंकलन समेत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संसद पुर्नस्थापना भएपनि ढुक्क हुन सक्ने अवस्था नभएको भन्दै सचेत बन्न आग्रह गरेका थिए ।

प्रधानसेनापति थापा अवकासको मुखमा छन् । उनि साउन २४ मा विदा वस्ने तयारीमा छन् भने भदौ २४ मा थापा अनिवार्य अवकास पाउंने छन् । थापापछि हालका बलाधिकृतरथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्