एक जना पतिको अनौठो हर्कत, श्रीमतीलाई सम्पत्ति दिनुपर्ने भएपछि घरमा नै आगो लगाइदिए !


लण्डन । बेलायतमा एक जना श्रीमानले अनौठो हर्कत गरेका छन् । डिभोर्सपछि आफ्नी श्रीमतीलाई दिनुपर्ने सम्पत्ति नदिनका लागि एक जना श्रीमानले आफ्नो घरमा नै आगो लगाएका छन् ।

ब्रिटेन निबासी ७५ वर्षिय जोन म्याककोरीले आफ््नै घरमा आगो लगाएका हुन् । अदालतको निर्णयबाट उनी खुसी थिएनन् । घर बेचेर भए पनि श्रीमतीलाई अंश दिनुपर्ने अदालतले निर्णय गरेको थियो ।

अदालतको निर्णयलाई लिएर उनले असन्तुष्टि व्यक्त गर्दै आफ्नै घरमा आगो लगाएका हुन् । उनको घरको मुल्य ५ लाख ५० हजार पाउण्ड आकलन गरिएको थियो ।

डेली मेलको एक रिपोर्ट अनुसार उनले आफ्नो घरमा आगो लगाएपछि एक छेउमा बसेर रक्सी पिउँदै जलिरहेको घर हेरिरहेका थिए । उनले दमकल पनि बोलाएनन् ।

बीमा कम्पनीमा दाबी हुने सम्भावना पनि उनले बन्द गरिदिएका थिए । कैयौँ महिनादेखि उनले बीमामा प्रिमियम पनि भुक्तानी गरेका थिएनन् ।

यो घटनाको खुलासा एक्सेटर क्राउन कोर्टमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्