प्रतिनिधि सभा विघटनको मुद्दा : आजको लागि बहस सकियो, अब कति समय बाँकी ?


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा जारी बहस आजकालागि सकिएको छ ।

आज ६ कानून व्यवसायीहरुले बहस गरेका थिए ।

आज वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका हुन् ।
उक्त रिटमा १५ घण्टा छुट्ट्याइएको अब २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

उनीहरुको बहस सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि बहस सकिएको जानकारी गराएका हुन् ।

आइतवारबाट विपक्षीको बहस सकिएसँगै पक्षधरहरुको बहस शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्