शशांक निवास महाराजगन्जमा निधि ,कोइराला र सिंहबिच भेटवार्ता


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पुनः छलफल भएको छ ।

यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए। महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उनीहरूबीच सहमति थियो।

आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राखेका छन्। दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्