‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ? भन्दै प्रश्न गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार राष्ट्रपति र राजाको तुलना गरेपछि मुख्यमन्त्री पोखरेलले पूर्व राजालाई गुहार्ने काम पूरा भएको भन्दै उक्त प्रश्न गरेका हुन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा र उतिबेलाका राजाको तुलना गरेपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’ उनले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्