असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आउने


काठमाडौं । आन्तरिक हवाइ उडान असार १७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने भएको हो ।

बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराइएको हो ।

यद्यपि, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएपछि पत्राचार गरिने बताइएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्