गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख शीतलनिवासमा


राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा निकाय प्रमुखहरुलाई राष्ट्रपति निवासमा बोलाएकी छन् । उनले शुक्रबार मन्त्री अधिकारी र गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति निवासमा बोलाएकी हुन् ।

गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसँगै प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी पनि शीतलनिवास पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्