आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक


मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले रिलिज हुने टुंगो छैन ।

फिल्म रिलिज नभएपनि फिल्मसंग सम्बन्धित विभिन्न प्रसंग सार्वजनिक हुँदा फिल्म दर्शकको सम्बन्ध भने गाढा छ । केही भारतिय मिडियाले उल्लेख गरे अनुसार यो फिल्मका लागि आलिया भट्टले अहिलेसम्मकै धेरै पारिश्रमिक लिएकी छिन् । उनले लिएको यो रकम दक्षिण भारतका कुनै पनि हिरोइनले लिने पारिश्रमिकभन्दा दोब्बर बढी रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्मका लागि आलियाले ६ करोड रुपैंया लिएकी थिइन् जुन उनले लिएमध्ये सबैभन्दा धेरै पारिश्रमिक हो । यो फिल्ममा रामचरण र एनटीआरबाहेक अजय देवगन पनि मुख्य भूमिकामा देखिनेछन् । मुख्य रुपमा तेलगुमा बनेको यो फिल्म हिन्दी र तमिल भाषामा पनि एक साथ रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्