गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्।

मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन्।

मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायतको गठबन्धनबाट जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि पोखरेल नेपालीले बहुमत पु¥याएका हुन्।

प्रतिक्रिया दिनुहोस्