माओवादी केन्द्र छोडेर एमाले गएका यी नेता किन पुगे निर्वाचन आयोग ?


काठमाडौं असार ४ : नेकपा (एमाले)का नेताद्वय प्रभु साह र टोप बहादुर रायमाझी पुनःवहालीको परामर्शका लागि निर्वाचन आयोग गएका छन् ।

संसद् पुनःस्थापना भएको अवस्थामा पुनः सांसद पदमा पुनःवहाली हुने कानुनी आधारहरु खोज्न दुई नेता आयोग गएका हुन् । उनीहरुले आयोगका आयुक्त तथा कानुन अधिकृतसँग परामर्श लिएका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका साह र रायमाझीले सर्वोच्च अदालतले नेकपा विघटन गर्दै माओवादी र एमाले ब्यँतिएपछि एमाले रोजेका थिए । एमाले प्रवेश गरेलगत्तै माओवादी केन्द्रले दुवैको सांसद् पद खारेज गरेको थियो ।

लुम्बिनी र कर्णालीमा पार्टीबाट निकालिएका सांसदहरु पुनःवहाली भएकाबेला साह र रायमाझीले पनि कानुनी प्रमाण र नजिर जुटाउने प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्