ऋषि धमलाले योगेश भट्टराई लाई पदको लागि ओली समूहमा लागेको प्रश्न गरेपछि…..


काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए ।

भट्टराईले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।

नेता भट्टराईलाई पत्रकार ऋषि धमलाले अवसरवादी नेता भनेपछि भानाभन भएको छ। भट्टराई पदको लागि ओली समूहमा लागेको प्रश्न गरेपछि योगेश भट्टराई धमलामाथि खनिएका हुन्।

पदको लोभले समूह परिवर्तन गरेको भट्टराईलाई आरोप लगाएपछि धमला र भट्टराईवीच भनाभन भएको हो। पार्टी एकीकरणको पक्षमा उभिएको भन्दै आफ्नो भनाई राखेपछि धमला पुन: भट्टराईमाथि प्रतिप्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्