लामो समयपछि एमाले कार्यदलको बैठक बस्दै


काठमाडौँ । गठन भएको लामो समयसम्म पनि कामविहिन जस्तै बनेको नेकपा एमालेको कार्यदलको बैठक बस्ने भएको छ । पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्न ललितपुरको समिट होलटमा बैठक केहीबेरमा बस्न लागेको हो ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल हुन लागेको एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध भनेपछि पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलमा रहेका दुवै समूहका नेताहरू सक्रिय भएका छन् ।

छलफलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुनेछन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ३ जेठ २०७५ को अवस्थामा फर्किन तयार रहेको भन्दै पार्टी एकताका लागि अपिल जारी गरेका थिए । त्यसपछि एमाले विवादबारे सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध भनेपछि अध्यक्ष ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूबीच पार्टी एकतालाई कायम कसरी राख्ने भन्ने विषयमा छलफल हुँदै आएको छ ।

अघिल्लो मंगलबार पनि नेपाल समूहबाट कार्यदलको नेतृत्व गरेका भीमबहादुर रावलबाहेक दुवै समूहबाट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरूबीच समिट होटलमै छलफल भएको थियो । सोही बैठक पछि नेताहरु आन्तरिक रुपमा कार्यदललाई सक्रिय बनाउनुपर्ने भन्दै अघि बढेका थिए । सोही अनुसार आज वैठकको बाताबरण बनेको बताइएको छ ।

सर्वोच्चले नेपाल समूहलाई नै सहज हुने गरी दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध भनेपछि नेताहरूबीच छलफल पछिल्ला समय बाक्लिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्