एमाले नेपाल पक्षको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति बैठक बस्दैछ । बिहीबार १ बजेका लागि स्थायी समिति बैठक बोलाइएको नेपाल पक्षका स्थायी समिति गंगालाल तुलाधरले जानकारी दिए ।

१ बजेबाट बैठक सुरु हुने भर्चुअल माध्यमबाट बैठक हुने तुलाधरले बताए । पछिल्लो केही दिनमा देशमा देखिएको प्राकृतिक विपत्ति र राजनीति विषयमा समेत छलफल हुने तुलाधरको भनाइ छ ।

उनका अनुसार पार्टी मिलाउने विषयमा भइरहेका प्रयास बारेमा पनि बैठकमा छलफल गरिँदैछ ।

सर्वाेच्च अदालतले बर्खास्त भएका कर्णालीका सांसदलाई पुनर्बहाली गर्ने क्रममा ओलीले एकलौटी रुपमा बनाएको महाधिवेशन आयोजक कमिटीलाई आधिकारिकता नदिएपछि दुवै पक्ष मौन देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्