सुनको मूल्य एकै दिन ११ सयले घट्यो, तोलाको कति पुग्योे ?
काठमाडौँ, ३ असार । नेपाली बजारमा सुनको मूल्य एकै दिन ११ सय रुपैयाँले घटेको छ ।
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार वुधबारको तुलनामा सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।
वुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको पनि प्रतितोला २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।