‘ओलीलाई संसदबाट हटाउने ल्याकत नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् ?’


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले महाधिवेशन गरेर नयाँ अध्यक्ष र आमचुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्ने तर्क गरेका छन् ।

थापाले लेखेका छन्, ‘केही मानिसहरू सधै बर्बराउँछन् – केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ ! यो सपनामा कि विपनामा – थाहा पाउँदैनन् । झण्डै डेढ वर्षदेखि फगत बर्बराइरहेछन् । महाधिवेशन गरेर नयाँ अध्यक्ष र आमचुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् ?’

प्रतिक्रिया दिनुहोस्