खराब पात्रलाई शाशन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो : झाँक्री


काठमाडौं, १ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले व्यवस्था परिवर्तनपछि खराब पात्रलाई शासन सत्तामा पुर्याउनु नै आफूहरुको भूल भएको बताएकी छिन् । उनले प्रचण्ड र माधव नेपालहरु सडक आन्दोलनमा उत्रिएको पूरानो तस्विर सेयर गर्दै यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै शासन सत्तामा खराब पात्र पुर्याएको बताएकी हुन् ।

उनले भनेकी छिन्–‘कुनै समय थियो, आन्दोलनको हर मोर्चामा हामी सँगसँगै थियौँ। सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शाशन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो।’

प्रतिक्रिया दिनुहोस्