हिँडेर अस्पताल पुगेकी नेहा अस्पतालको लापर्वाहीले शबबाहनमा फर्किइन्


काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको भन्दै बिरामीको आफन्त आन्दोलनमा उत्रिएका छन् ।

धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको लापरबाहीले नेहाको मृत्यु भएको भन्दै आफन्तले बताएका छन् । उनको सामान्य अप्रेशन गरिएको थियो भने अप्रेशन सफल भएको थियो तर, एक्कासी अस्पतालले मृत्यु भएको घोषणा गरेपछि आफन्त तनावमा छन् ।

बिरामीको हेरचाहमा रहेकी मृतककी साथी सोफी तामाङका अनुसार अप्रेसन सकिएपछि नेहा सामान्य अवस्थामा फर्किएकी थिइन् । अप्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन् ।

त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन् । बिरामीका आफन्तहरुले डाक्टरहरुले लापर्वाहीले नै मृत्यु भएको बताएका छन् । मृत्युपछि अस्पतालले आफन्तलाई शब समेत हेर्न नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्