एमाले एकताप्रति फेरि दुबै पक्षको अनौठो अनुराग, ओलीले २०७५ जेठ २ को स्थायी कमिटी बोलाउँदै


काठमाडौं । नेकपा एमाले भित्र फेरि नाटकीय ढंगले एकता प्रकरणले तीब्रता लिएको छ । दुबै पक्षले एकताप्रति फेरि अनौठो अनुराग देखाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली अब जेठ २ गते अघिकै पार्टी संरचना व्यूँताउन तयार भएका छन् ।

पार्टी भित्रको विवाद बढ्दै गएपछि ओलीले जेठ २ गते कायम रहेको कमिटीको बैठक बोलाउने तयारी गरेका छन । बैठक बोलाउने तयारी भएपछि अहिले माधव नेपाल समूहसँग नेताहरु निरन्तर छलफलमा रहेका छन् । बैठकमा नेपाल र झलनाथ खनाललाई पनि सहभागी गराएर एकताको सन्देश दिने उद्देश्यले बैठकको आह्वान भएको बुझिएको छ । तर नेपाल—खनाल सहभागी हुने निश्चित भइसकेको छैन् ।

ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर नेपाल समूहका नेतहरु कारवाहीमा परेको अवस्था कायमै रहेकाले बैठकमा सहभागी हुने नहुने भन्ने विषयमा टुंगो लागेको छैन् ।

ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।

यसैबीच आज बैठक आह्वानको पूर्णसन्ध्यामा नेताद्वय बामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता भएको छ । गौतम निवासमा भएको भेटमा उनीहरुबीच एकतालाई कसरी सम्भव बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।

प्रदेश सरकारमा आफ्नो पकट कमजोर हुँदै गएपछि कमजोर महसुस गरिरहेको एमाले अहिले कुनै पनि हालतमा मिल्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि जेठ २ मा फर्कन लचिलो बनेका छन् । सोही विषयमा छलफल गर्न पौडेल गौतमलाई भेट्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्