नरोत्तम वैद्यको भनाईप्रति माधव नेपाल पक्षका केन्द्रीय सदस्यकाे समर्थन


नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणी चौधरीले नेपाली कांग्रेसका नेता नरोत्तम वैद्यको भनाईप्रति समर्थन जनाएका छन्।

बागमती प्रदेश सभामा बोल्दै वैद्यले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आपत्तिजनक र पदीय मर्यादा विपरित प्रस्तुत भएका थिए। वैद्यले प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको र आवश्यकता हो भने आफू पनि त्यसका लागि तयार रहेको भन्ने अभिब्यक्ति दिएका थिए।

उक्त अभिब्यक्तिको कांग्रेसका नेताले समेत विरोध जनाउँदै आएका थिए।

तर, नेकपा एमाले भित्रको माधवकुमार नेपाल पक्षधर मानिने केन्द्रीय सदस्य तथा दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले भने उल्टै वैद्यलाई धन्यवाद दिएका छन्।

शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सांसद चौधरीले प्रदेश सांसद वैद्यको अभिब्यक्ति सत्य रहेको उल्लेख गरेका छन्।

‘त्यसैले उहाँले न माफि माग्नु पर्छ न पश्चाताप,’ चौधरीले खेखेका छन्, ‘बरू हामी साशक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौं, संविधान मिचेकोमा पश्चापात गरौं।’

उनले अदालतले गलत ठहर गरेको विषयमा जनतासँग सार्वजनिक रुपमा माफि माग्नुपर्ने र आगामी दिनमा गल्ति नगर्ने विषयमा प्रतिबद्धता जाहेर गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्।

नेता चौधरीले जनताको मनोविज्ञान बुझेर साशकहरू सोही अनुरुप ब्यवहार गर्नुपर्ने तथा आचारण देखाउन जरूरी रहेको बताएका छन्।

तर, उनले कसैका प्रति बदलाको भाव राख्नु भने गलत भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्